२०८१ बैशाख २४, सोमबार
काठमाडौं– भुटानको ड्रुक एअरलाइन्सले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान गरेको छ ।
भुटानको राजधानी थिम्पुमा रहेको पारो विमानस्थलबाट चालक दलका सदस्य र तीन यात्रुसहित आज बिहान ६ बजेर ४० मिनेटमा पोखरा ओर्लिएको जहाज यहाँबाट ८ बजेर १५ मिनेटमा ४२ यात्रु बोकेर थिम्पु नै फर्किएको हो ।
चार्टर्ड उडान भए पनि पोखरा विमानस्थललाई तिर्नुपर्ने रकम तिरेकाले पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडान भएको पोखरा विमानस्थल प्रमुख देवेन्द्रलाल कर्णले जानकारी दिए । उनले नेपाल नगारिक उड्डयन प्राधिकरणको नियम अनुसार अन्तर्राष्ट्रिय उडान गर्दा प्रतियात्रु ३ हजार रूपैयाँ र ग्राउन्ड ह्याण्डलिङको शुल्क ड्रुक एअरले तिरेको बताए ।
भुटानको पारो विमानस्थलबाट शनिवार बिहान ५ बजेर ५५ मिनेटमा उडेको ड्रुक एअरको जहाज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बिहान ६ बजेर ४० मिनेटमा ल्यान्ड भएको थियो । १ सय ५० सिट क्षमता भएको जहाजमा जम्मा भुटानबाट ३ जना यात्रु आएका थिए भने फर्किँदा ४२ जना यात्रु फर्किएका थिए । भुटानबाट नेपाल आएका यात्रुहरुमा नेपाली, अमेरिकी र भियतनामी १÷१ जना थिए ।
पोखराबाट भुटान जानेहरुमा अमेरिकी, क्यानेडियन र भारतीय पर्यटक रहेका उनले बताए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यो दोस्रो चार्टर्ड उडान हो । गएको असार ६ गते बुधवार पहिलो पटक चीनको छेन्दुक सहरबाट सिचुवान एअरलाइन्सको एअरबस–३१९ विमानस्थलमा अवतरण गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar