२०८१ बैशाख २४, सोमबार
काठमाडौं– कार्यालयमा लेखा अधिकृतसँग अनैतिक क्रियाकलाप गरेको भिडियो सार्वजनिक भएको इलामको माईजोगमाई गाउँपालिकाको तत्कालिन प्रमुख प्रशासकीय अधिकृत काजीमान राईलाई कारवाही हुने भएको छ ।
गाउँपालिकाले पत्रकार सम्मेलन गरी कारबाहि अगाडी बढाएको जनाएको छ । राईलाई कारवाहीका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सिफारिस गरिएको छ ।
राईलाई कानून बमोजिमको कारवाहीका लागि सिफारिस गर्ने र लेखा अधिकृत रेश्मा राईलाई ७ दिनको म्याद दिई स्पस्टीकरण पेश गर्न निर्देशन दिएको गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेले जानकारी दिए ।
भदौ १९ गते प्रशासकीय अधिकृत राई र लेखा अधिकृत रेश्मा बिच कार्यालयमा अनैतिक गतिविधि गरेको भिडियो सामाजिक संजालमा बाहिरिएको थियो । भिडियो बाहिरीए पछि दुबै कर्मचारीलाई कारवाही गर्न माग गर्दै दवाब बढेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar