२०८१ बैशाख २४, सोमबार
काठमाडौं– भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
गएराति सूर्य विनायक नगरपालिका–८ आदर्श भक्तपुर फ्युल सेन्टरनजिक दुई वटा मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा काभ्रे बनेपाकी २५ वर्षकी नविना काफ्ले घिमिरेको ज्यान गएको हो ।
दुर्घटनामा नविनाका श्रीमान् किरण घिमिरे र ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–४ घर भई भक्तपुरको नलिन्चोक बस्ने हिरा बडाल घाइते भएका छन । घाइते दुवै जनाको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar