२०८१ बैशाख २५, मंगलबार
काठमाडौं– सुनसरीको बर्जुमा सादा पोसाकमा रहेका २ जना प्रहरीलाई आक्रमण गरी हतियार लुटिएको छ । बर्जु गाउँपालिका–१ शुक्रबारेमा ड्युटीमामा रहेका प्रहरीमाथि आक्रमण भएको हो ।
लुटेरा समूहले प्रहरीको साथमा रहेको ठूलो चाइनिज पेस्तोल, एउटा म्यागजिन र सात राउण्ड गोली लुटेको छ ।
प्रहरीका अनुसार सुरुमा प्रहरीलाईं काठको चिर्पटले प्रहार गरेर घाइते बनाएपछि दुई पक्षबीच केहीबेर घम्साघम्सी भएको थियो । अन्ततः प्रहरीभन्दा ठूलो समूह आक्रमणकारीको भएपछि हतियार र गोली लुटेर लगेको प्रहरीले जनाएको छ ।
आक्रमणबाट एक प्रहरी जवानको टाउकोमा चोट लागेको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar