२०८१ बैशाख २४, सोमबार
काठमाडौं– अस्ट्रेलिया पठाइदिने भन्दै ९ लाख रुपैयाँ ठगी गरेको आरोपमा एक महिलालाई प्रहरीले काठमाडौंको सामाखुसीबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी घर भई हाल सामाखुसी बस्ने ५० वर्षीय रत्न केशरी श्रेष्ठ रहेकी छन् ।
उनले आशामाया लामालाई वैदेशिक रोजगारीको लागि अस्ट्रेलिया पठाइदिने र त्यसका लागि २० लाख लाग्ने बताएकी थिइन् ।
अस्ट्रेलिया पुगेपछि होटेलमा काम गरेर मासिक ३ लाख भन्दा धेरै तलब हुने भन्दै प्रलोभनमा पारेर पीडितबाट पटक पटक गरी जम्मा नौ लाख रुपैयाँ ठगेको पाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
रकम लिएपछि उनी सम्पर्कविहिन भएसँगै पीडितले वैदेशिक रोजगार विभागमा उजुरी गरेकी थिइन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar