२०८१ बैशाख २४, सोमबार
एजेन्सी– चीनले आइफोन प्रयोगमा प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेसँगै एप्पलले दुई दिनमा २०० बिलियन अमेरिकी डलर गुमाएको छ ।
बुधबार वाल स्ट्रिट जर्नलले चीनले सरकारी कर्मचारीलाई आइफोन प्रयोग गर्न प्रतिबन्ध लगाएको रिपोर्ट सार्वजनिक गरेको थियो ।
उक्त जर्नलका अनुसार चीनले विदेशी प्रविधिमाथिको निर्भरता कम गर्ने लक्ष्य अघि सारेको छ। सोही नीतिअनुसार चीनले सरकारी निकायहरूमा आइफोनलगायत विदेशी डिभाइस प्रयोग गर्न प्रतिवन्ध गरेको हो ।
उक्त रिपोर्ट सार्वजनिक भएसँगै आइफोनको सेयरमा २.९ प्रतिशतले गिरावट आएको छ ।
चीनले आइफोन प्रतिबन्ध लगाउने हो भने एप्पलका लागि निकै ठूलो घाटा पुग्ने बताइएको छ । चीन आइफोनको निकै ठूलो बजार हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar