२०८१ आश्विन २७, आईतबार
काठमाडौं – संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ ।
बैठक आज दिउँसो १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्ने संसद सचिवालयले जनाएको छ । आजको बैठकका लागि सम्भावित दुई वटा कार्यसूची तय छन् । जसमा कृषि तथा पशुपक्षी विकास मन्त्रालय, श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय सम्बन्धी प्रश्नको सम्बन्धित मन्त्रीले मौखिक जवाफ दिने कार्यसूची रहेको छ ।
त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय महिला आयोगको १५औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar