२०८१ बैशाख २१, शुक्रबार
काठमाडौं – परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले सङ्खुवासभाको उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा आउने बताएका छन् ।
आज तुम्लिङटार विमानस्लथलमा पत्रकारसँग कुरा गर्दै उनले उत्तरी क्षेत्रको किमाथाङ्का नाका चाँडै सञ्चालनमा ल्याइने बताएका हुन् । किमाथाङ्का नाकालाई स्तरवृद्धि गरेर पुनः सञ्चालनमा ल्याइने परराष्ट्रमन्त्री साउदले बताए । किमाथाङ्का नाका खोल्न चीन सरकारसमेत सकारात्मक भएका कारण नाका चाँडै सञ्चालनमा ल्याइने उनको भनाइ छ ।
यही सेप्टेम्बर २३ मा हुने प्रधानमन्त्री पुष्पकलम दाहाल ‘प्रचण्ड’ को चीन भ्रमणमा किमाथाङ्का नाका खुलाउने विषयलाई पनि ‘एजेन्डा’मा राखिएको मन्त्री साउदले बताए । ऐतिहासिक किमाथाङ्का नाकाबाट पूर्वको व्यापार व्यवसायलाई पनि प्रत्यक्ष फाइदा पुग्ने भएकाले चीन भ्रमणमा प्राथमिकतामा राखिएको परराष्ट्रमन्त्री साउदले बताए ।
किमाथाङ्कामा सडक तथा ट्रान्समिसन लाइन निर्माणका लागि पनि चीन सरकार सकारात्मक रहेको परराष्ट्रमन्त्री साउदले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar