२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– आज सेयर बजार साढे छ अङ्कले घटेको छ । हिजो सोमवार सात अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज छ दशमलव ४५ अङ्कले घटेर एक हजार नौ सय ६१ दशमलव ३७ विन्दुमा झरेको छ ।
आज उत्पादन र व्यापारबाहेक अरू सबै समूहको सेयर सामान्य घटेको छ । सबैभन्दा धेरै आरबीबी म्यचुअल फन्ड–२ र लिबर्टी इनर्जी कम्पनीको सेयर १० प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेको दिन आज एनएमबी माइक्रोफाइनान्स र नेरुडे लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।
आज २४ लाख ८० हजार कित्ता सेयर ७९ करोड ६८ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनीको सात करोड ५८ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar