२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं– नेप्से परिसूचक ७.०४ अंक बढेर १९६७.८३ विन्दुमा पुगेको छ । तीन दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से, सोमबार ७ अंक बढेको हो ।
आज सेन्सेटिभ इण्डेक्स १.०९, फ्लोट इण्डेक्स ०.४१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२८ अंक बढेको छ ।
नेप्से बढेपनि आज कारोबार रकम भने सामान्य घटेको छ । आइतबार दिन १ अर्ब १८ करोडको सेयर खरिदबिक्री भएको बजारमा आज २७० स्टकको ३२ हजार ५३३ पटकको कारोबारमा १ अर्ब ९ करोड ९१ लाख रुपैयाँ बराबरको ३४ लाख ३२ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
नेप्से सामान्य अंक बढेसँगै दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज थ्रीस्टार हाइड्रोपावर र डोल्टी पावर कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
त्यसैगरी, आज ग्रीन भेन्चर्स, रु रु जलविद्युत परियोजना, आशा लघुवित्त र अप्पर साङ्गे हाइड्रोपावरको सेयरमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । लिबर्टी इनर्जीको सेयर भने नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ ।
१३ उपसमूहमध्ये आज १२ उपसमूहको परिसूचक बढेको छ भने एक उपसमूहको परिसूचक घटेको छ । आज व्यापार उपसमूहको परिसूचक सर्वाधिक १।०६ प्रतिशत बढेको छ । अन्य उपसमूहहरुको वृद्धिदर भने १ प्रतिशतभन्दा कम रहेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक यस दिन ०.०२ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा आज आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । सो इन्स्योरेन्सको यस दिन ५ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ४ करोडभन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar