२०८१ जेष्ठ ७, सोमबार
काठमाडौं– भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको आइपीओ बाँडफाँड भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलले आज सेयर बाँडफाँड गरेको हो ।
क्यापिटलका अनुसार आईपीओमा कुल १३ लाख ९ हजार ६६ जनाको आवेदन परेको छ । जस मध्ये २३ सय ८९ जनाको आवेदन रद्द भएको छ । योग्य रहेका १३ लाख ६ हजार ६ सय ७७ जनालाई गोलाप्रथामा सहभागी गराएर सेयर बाँडफाँड गरिएको छ । जस अनुसार ७१ हजार २ सय २२ जनाले १० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीले भदौ ५ देखि भदौ ८ गतेसम्म सेयर निष्काशन गरेको थियो । कम्पनीले सर्वसाधारणलाई ७ लाख १२ हजार २ सय २० कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता ११६ रुपैयाँमा सेयर निष्काशन गरेको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar