२०८१ जेष्ठ ७, सोमबार
काठमाडौं– नेपालबाट चालू आर्थिक वर्ष २०८०÷८१ को साउन महिनामा २ करोड रुपैयाँभन्दा बढीको स्यानिटरी प्याड निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउन महिनामा २ करोड ३ लाख रुपैयाँ बराबरको ७१ लाख ३८ हजार पिस प्याड निर्यात भएको हो ।
नेपालबाट निर्यात हुने स्यानिटरी प्याडको ९९ प्रतिशत हिस्सा भारत गएको छ भने थोरै हिस्सा अमेरिकातर्फ समेत निर्यात भएको छ ।
यस्तै, यस अवधिमा नेपालबाटै २ करोड ८९ लाख रुपैयाँ बराबरको डाइपर निर्यात भएको छ । यस अवधिमा नेपालबाट ३८ लाख ६० हजार पिस डाइपर निर्यात भएको विभागले जनाएको छ ।
यसैगरी साउन महिनामा विदेशबाट नेपालतर्फ १६ करोड ४२ लाख रुपैयाँको डाइपर आयात भएको छ भने ८ करोड ५४ लाख रुपैयाँको प्याड आयात भएको छ ।
नेपालमा चीन, भारत, अमेरिका र पाकिस्तानबाट डाइपर आयात भएको देखिन्छ । यस्तै, चीन, भारत, कोरिया, पाकिस्तान, अमेरिका र संयुक्त अरब इमिरेट्सबाट स्यानिटरी प्याड आउने गरेको तथ्यांक छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar