२०८१ जेष्ठ ६, आईतबार
एजेन्सी– आजदेखि लागू हुने गरेर भारतले पेट्रोलियमको कच्चा पदार्थमा लाग्दै आइरहेको ‘अतिरिक्त कर’ कटौती गरेको छ । इकोनोमिक टाइम्सका अनुसार आजदेखि लागू हुने गरेर भारत सरकारले कच्चा पदार्थको ‘विन्डफल’ अर्थात विशेष कर घटाएको हो ।
कर कटौती भएसँगै यसअघि प्रतिमेट्रिक टन कच्चा पेट्रोलियममा लाग्दै आएको ७१ सय भारु कर घटेर ६७ सय कायम भएको छ । भारत सरकारले शुक्रबार जारी गरेको सूचनाअनुसार डिजेलको निर्यातमा लाग्ने करमा भने वृद्धि गरिएको छ । यसअघि प्रतिलिटर ५.५ भारु लाग्दै आएकोमा नयाँ व्यवस्थासँगै ६ भारु लाग्ने जनाइएको छ ।
वित्त मन्त्रालयले जारी गरेका सूचनाअनुसार आज (शनिबार) देखि भारतीय बजारमा हवाई इन्धनको मूल्य दोब्बरले बढेको छ । यसअघि प्रति २ भारु पर्ने हवाई इन्धनको मूल्य अब ४ भारु पर्ने इकोनोमिक टाइम्सले उल्लेख गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar