२०८१ जेष्ठ ७, सोमबार
काठमाडौं– आज नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सामान्य गिरावट आएको छ ।
२.८२ अंकले नेप्से घटेको दिन आज परिसूचक १९८५ अंकसम्म पुगेको थियो । तर, अन्तिममा केही सुधारिँदै १९९० अंकमा पुगेर बन्द भएको हो ।
यस क्रममा आज नेप्सेमा १ अर्ब १३ करोड रुपैयाँ बराबरको ३८ लाख कित्ता सेयर किनबेच भएको छ । परिसूचक सामान्य अंकले घटेपनि ७९ कम्पनीको मूल्य बढेको छ भने १३१ कम्पनीको सेयर मूल्य घटेको छ । १९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
आज सिटी होलटको सेयर मूल्य ९.८८ प्रतिशतले बढेर प्रतिकित्ता ७५६ रुपैयाँ पुगेको छ । यस्तै, सिद्धार्थ इक्वीटी फण्डको सेयर मूल्य भने ७.९४ प्रतिशतले बढेको छ । परिसूचक सामान्य घटेपनि आज होटल र टुरिजम समूहमा ७२ अंकको र व्यापार समूहमा ३७ अंकको सुधार आएको छ ।
यसबाहेक, उत्पादनमूलक समूहको सूचक ३६ अंकले घटेको छ भने लघुवित्त समूहको सूचक १५ अंकले घटेको छ । यस्तै, जलविद्युत समूहको सूचक ५ अंक र वित्त समूहको सूचक ४ अंकले घटेको छ ।
हिजोको तुलनामा आज कारोबार रकम भने २७ करोडले बढेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar