२०८१ जेष्ठ ७, सोमबार
काठमाडौं – आज सेयर बजार ५ अङ्कले घटेको छ ।
हिजो ५ अङ्कले बढेको सेयर बजार परिसूचक नेप्से आज पाँच दशमलव शून्य पाँच अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ४२ विन्दुमा झरेको छ ।
आज व्यापार, निर्जीवन बीमा, म्युचल फन्ड र लगानी समूहको सेयर सामान्य बढे पनि अरू सबै समूहको सेयर घटेको छ ।
सबैभन्दा धेरै स्वाभिमान लघुवित्त वित्तीय संस्था र साम्लिङ पावर कम्पनीको सेयर झन्डै पाँच प्रतिशतले घटेको छ ।
समग्रमा बजार घटेको दिन सबैभन्दा धेरै कुथेली बुखारी हाइड्रो र ग्लोबल आईएमई ब्यालेन्स फन्डकाे सेयर १० प्रतिशतले बढेको छ ।
आज ४० लाख छ हजार कित्ता सेयर ८६ करोड ५१ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै माछापुच्छ्रे बैंकको तीन करोड ६२ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar