२०८१ जेष्ठ ७, सोमबार
काठमाडौं – आज सेयर बजार दोहोरो अङ्कले घटेर राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से आज २० दशमलव ५४ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ३८ विन्दुमा झरेको छ ।
आज म्युचल फन्डबाहेक सबै समूहको सेयर ओरालो लागेको छ । सबैभन्दा धेरै मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर साढे नौ प्रतिशत तथा लिवर्टी इनर्जी कम्पनीको सेयर झन्डै साढे छ प्रतिशतले घटेको छ ।
समग्रमा बजार राताम्मे भएको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशतले बढेको छ ।
आज ३८ लाख ९५ हजार कित्ता सेयर एक अर्ब २६ करोड २७ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै एसियन लाइफ इन्सुरेन्स कम्पनीको सात करोड ४६ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar