२०८१ जेष्ठ ७, सोमबार
काठमाडौं– शाइन रेसुंगा डेभलपमेन्ट बैंकको २० हजार कित्ता सेयर आजबाट लिलामी प्रक्रियामार्फत बिक्रीमा ल्याएको छ ।
बैंकको संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको हो । यस यरमा विद्यमान संस्थापक सेयरधनी, अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् ।
उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १४५ रुपैयाँ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन दिनुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ । लगानीकर्ताले भदौ १७ गतेसम्म खरिद आवेदन दिन सक्नेछन् ।
खरिद आवेदन काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलबाट दिन सकिनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar