२०८१ जेष्ठ ६, आईतबार
काठमाडौं – सेयर बजार आज भने उच्च अङ्कले घटेर राताम्मे भएको छ ।
सेयर बजार परिसूचक नेप्से आज ३१ दशमलव ५२ अङ्कले घटेर दुई हजार १३ दशमलव ९३ विन्दुमा झरेको छ ।
सबै समूहको सेयर घटेकोमा फाइनान्स, होटल, जलविद्युत्, बीमा र उत्पादन समूहको सेयर उच्च अङ्कले ओरालो लागेको छ ।
आज सबैभन्दा धेरै मोलुङ हाइड्रोपावर कम्पनीको सेयर साढे आठ प्रतिशत तथा समता घरेलु लघुवित्तको सेयर आठ प्रतिशतले ओरालो लागेको छ ।
समग्रमा बजार राताम्मे भएको दिन कुथेली बुखारी हाइड्रोपावर कम्पनीको सेयर १० प्रतिशत र मकर जितुमाया सुरी हाइड्रोपावर कम्पनीको सेयर छ प्रतिशतले बढेको छ ।
आज ४६ लाख ५७ हजार कित्ता सेयर एक अर्ब ५५ करोड पाँच लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सोल्टी होटलको सात करोड ८७ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar