२०८१ बैशाख १७, सोमबार
काठमाडौं– चीनले बेरोजगारीको तथ्याङ्क सार्वजनिक गर्न रोकेको छ ।
हरेक महिना सार्वजनिक हुने तथ्याङ्कले पछिल्लो समय रेकर्ड बनाउन थालेपछि चीनले उमेर समूहको बेरोजगारी तथ्याङ्क सार्वजनिक गर्न रोक लगाइएको बीबीसीले जनाएको छ ।
गएको जुनमा सार्वजनिक भएको तथ्याङ्क अनुसार चीनका सहरी क्षेत्रमा १६ देखि २४ वर्ष उमेर समूहका युवामध्ये २१ दशमलव ३ प्रतिशत बेरोजगार रहेको सार्वजनिक भएको थियो ।
चीनको राष्ट्रिय तथ्याङ्क विभाग (एनबीएस) ले पछिल्लो पटक अर्थतन्त्रका सूचकहरूको मासिक स्थिति सार्वजनिक गरे पनि यो उमेर समूहको बेरोजगारीबारे तथ्याङ्क सार्वजनिक गरेन ।
चीनले सन् २०१८ मा उमेर समूहको बेरोजगारीको तथ्याङ्क प्रकाशित गर्न थालेको थियो । चीनमा कोरोना महामारीपछि आर्थिक सुधार सुस्त गतिमा छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar