२०८१ बैशाख १७, सोमबार
काठमाडौं– भारत हिमाचल प्रदेशको सिमला पहिरोमा पुरिएर १६ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनका अनुसार सिमलामा ९ र सोलनमा ७ जनाको मृत्यु भएको हो ।
सिमलाको समर हिल नजिक रहेको शिव मन्दिर भत्किएको छ । मन्दिरको भग्नावशेषबाट ९ जनाको शव निकालिएको मुख्यमन्त्री सुखबिन्दर सिंह सुक्खुले जानकारी दिएका छन् ।
त्यहाँ झण्डै ५० जना पुरिएको अनुमान छ । साउने सोमबारको पूजा गर्न मन्दिरमा भेला भएकाहरु पहिरोमा पुरिएका हुन् ।
हिमाचल प्रदेशमा भारी वर्षा र पहिरोले जनजीवन प्रभावित भएको छ । केही जिल्लामा लगातार ४८ घण्टादेखि वर्षा भइरहेको छ । नदी र खोलामा बाढी उर्लिएको छ । सडक भत्किएर यातायात आवागमन प्रभावित भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar