२०८१ बैशाख १७, सोमबार
एजेन्सी– भारतको हिमाञ्चल प्रदेशको एउटा शिव मन्दिरमा पूजा गर्न गएका करीब ५० जना भक्तजन पहिरोमा पुरिएका छन् ।
भारतीय सञ्चार माध्यमका अनुसार सिमलाको समरहिलस्थित शिव मन्दिरमा साउने सोमबारको पूजाका लागि भक्तजनहरु गएको बेला मन्दिरमाथिबाट आएको पहिरोले उनीहरुलाई पुरेको हो ।
पहिरोमा पुरिएकाहरुको खोजी तथा उद्धारको कार्य जारी रहेकाले के कति हताहति भयो भन्ने स्पष्ट भईसकेको छैन ।
भारी वर्षाका कारण हिमाञ्चल प्रदेशमा पहिरोले सडकहरु बगाएको छ भने सयौं सवारी साधनहरु बाटोमा अलपत्र परेका छन् ।
हिमाञ्चलकै सोनलमा भएको भीषण वर्षाबाट ७ जनाको मृत्यु भएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar