२०८१ बैशाख १९, बुधबार
काठमाडौं– कमेडि च्याम्पियनबाट उदाएका कमेडियन विक्की अग्रवालको शो ‘आम्मा कसम याँ दुख्छ’ को दोस्रो सिजन आगामी शनिबारदेखि प्रसारण हुने भएको छ ।
टीमले मंगलबार शोको दोस्रो सिजनको पहिलो भागको प्रोमो सार्वजनिक गरेको छ जसमा अतिथिका रुपमा राजनीतिज्ञ केशव स्थापित रहेका छन् ।
उनी गत स्थानीय तहको चुनावमा काठमाडौं महानगरको मेयर पदका आकांक्षी थिए। उनी मत परिणामको अन्त्यसम्म कोर एरिया आएपछि जितिन्छ भन्दै बसेका थिए। जुन सामाजिक संजालमा भाइरल भएको थियो ।
यो शो हरेक शनिबार राती ८ः४५ बजे नेपाल नेटवर्क टेलिभिजन (एनएनटिभी) र ओएसआर रियालिटी युट्युब च्यानलबाट प्रसारण हुने सो कार्यक्रम टीमले बताएको छ ।
यस शोको होस्ट विक्की अग्रवालले गर्नेछन् भने डिजे मायाको भूमिकामा बिना त्रिपाठी देखिनेछन् । दोस्रो सिजनका लागि रिपोर्टर पिंकुको भूमिकामा कमेडियन प्रनेश गौतम भित्रिएका छन् ।
शोको पाँच वटा भाग छायांकन भइसकेको टीमले बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar