२०८१ बैशाख २०, बिहिबार
काठमाडौं – बालुवाटारस्थित ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणमा थुप्रै अभियुक्तहरुमाथी कारवाही प्रकृया अघी बढाएपनि अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईवि)ले व्यापारी सुहृदराज घिमिरेलाई भने अहिलेसम्म पक्राउ गरेको छैन ।
ललिता निवास र त्यसले चर्चेको सरकारी जग्गा हिनामिना प्रकरणको फाइल प्रहरीले डेढ वर्षपछि पुन खोल्दै हालै प्रहरीले पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलगायतलाई पक्राउ गरिसकेको छ । यस प्रकरणमा प्रत्यक्ष जोडिएका र डिजाइनरमध्येका मुख्य व्यापारी भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङ पक्राउ परेपनि यस प्रकरणमा जोडियका अर्का मुख्य अभियुक्त व्यापारी सुहृदराज घिमिरेलाई भने अझैसम्म पक्राउ गरेको छैन । प्रहरीले उक्त प्रकरणमा जोडिएकाहरुको नाममा पक्राउपूर्जी जारी गरेपनि मुख्य अभियुक्त व्यापारी सुहृदराज घिमिरेलाई भने पक्राउ गर्न प्रहरीले आँट गरेको छैन । आर्थिक चलखेल र राजनितिक शक्तिको पहुँचको आधारमा पक्राउ गर्न प्रहरीले चासो नदिँदा अहिले सुहृद दुवईमा बिन्दासले छाती खोलेर हिडिरहेका छन् ।
ससुरालीदेखी परिवार र व्यापारिक साझेदारका नाउँमा घिमिरेको १३ रोपनी जग्गा
व्यापारी घिमेरले १४ वर्ष अगाडि ललिता निवासको सरकारी जग्गा आफ्नो सासुआमा ईन्दु शर्मा र व्यापारिक साझेदार पुरुषोतम पौड्यालको नाउँमा खरिदविक्रि गरेको पाईएको छ । शुभयुग डटकमलाई प्राप्त प्रमाणमा वि.सं. २०६३ साल मंसिर १३ गते घिमिरेका सासु इन्दु शर्माले बालुवाटारको दुई कित्ता जग्गा राजीनामा पास गरेर किनेको देखिन्छ । घिमिरेका सासु शर्माले तत्कालीन समयको कित्ता नम्बर ११ को (१० आना २ दाम) जग्गामध्ये ७ आना १ दाम र कित्ता नम्बर १३ को (१० आना २ दाम) जग्गामध्ये ७ आना २ पैसा जग्गा खरिद गरेकी छन् । जसमध्ये दुवै जग्गाको क्षेत्रफल जोड्दा १४ आना २ पैसा १ दाम हुन्छ । १६ आनाको एक रोपनी हुने हिसाबले पुग नपुग झण्डै १ रोपनी जग्गा घिमिरेका सासु इन्दु शर्माकै नाउमा खरिद भएको देखिन्छ ।
यो जग्गा किन्दा उनले रु.७ लाख २८ हजार २ सय रुपैयाँ मात्र तिरेको देखाएकी छन् । १४ आना २ पैसा १ दाम जग्गाको मूल्य जम्मा ७ लाख २८ हजार देखाउनुको अर्थ तात्कालीन समयमा प्रतिआना जम्मा रु.५१ हजारमा जग्गा खरिद गरेको देखाइएको पाईन्छ । त्यसो त अहिले करिव ८० लाख प्रतिआना मूल्य कायम रहेको उक्त स्थानमा आज भन्दा १४ वर्षअघि (घिमिरेको सासुआमा ईन्दु शर्माले जग्गा किनेको मिति २०६३ मंसिर १३ गते) को समयमा प्रतिआना १५ लाख भन्दा बढी रहेको पाईन्छ । उक्त मूल्यलाई नै आधार मान्ने हो भने पनि शर्माले खरिद गरेको उक्त जग्गाको मूल्य २ करोड भन्दा बढी हुन्छ । तर घिमिरेले उक्त जग्गा किन्दा जम्मा ७ लाख २८ हजार २ सय रुपैयाँ मात्र देखाएका छन् ।
त्यसैगरी घिमिरेले पुनः२०६३ माघ २५ गते तत्कालिन समयको कित्ता नं.२,३,१०१,७३ र ७५ गरी ५ कित्ता जग्गाको १३ आना ३ पैषा क्षेत्रफल रहेको अर्को जग्गा पनि सासुआमा ईन्दु शर्माकै नाउँमा खरिद गरेका छन् । पहिलेकै जग्गा रहेको स्थानमा घिमिरेले यो जग्गा खरिद गर्दा पनि उनले प्रतिआना ५० हजारकै हाराहारिमा खरिद गरेको देखिन्छ । १३ आना ३ पैषा क्षेत्रफल रहेको उक्त जग्गा पनि घिमिरेले सासुआमा ईन्दु शर्माको नाउँमा जम्मा रु.६ लाख ८७ हजार ५ सय रुपैँयामा मात्र खरिद गरेको देखाएका छन् ।
सासुको नाउँमा किनेको जग्गा व्यापारिक साझेदार पुरुषोतम पौड्याललाई बिक्री
ललिता निवास परिसरको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्तमध्येका अर्का प्रमुख पात्र व्यापारी घिमिरेले सासुआमा ईन्दु शर्माको नाउँबाट पटक पटक जग्गा किनबेच गरिरहेकोसमेत देखिएको छ । सासुआमाको नाउँमा ०६३ मंसिर १३ गते किनेको जग्गासंगै रहेको अर्को जग्गा कित्ता नं.८ को २ रोपनी १४ आना २ पैषा ३ दाम मध्ये १ रोपनी ८ आना क्षेत्रफलको जग्गा घिमिरेले आफ्नो व्यापारिक साझेदार पुरुषोतम पौड्याललाई बिक्री गरेका छन् ।
घिमिरेले आफुले प्रतिआना जम्मा रु.५१ हजारमा खरिद गरिएको जग्गा सोहि दिन पौड्याललाई भने प्रतिआना रु.१ लाख २५ हजारमा बिक्री गरेका छन् । उक्त जग्गा खरिद गर्दा पौड्याले रु.३० लाख दिएकोसमेत देखिएको छ ।
प्राप्त कागजात अनुसार उक्त प्रक्रियामा घिमिरेले आफ्नो सासुआमा ईन्दु शर्मालाई प्रयोग गरी आफ्नै व्यापारिक साझेदार (कन्टिनेन्टल ट्रेडिङ)का सञ्चालक पुरुषोतम पौड्याललाइ समेत ठगी गरेको देखिन्छ । यद्धपी घिमिरे निकट श्रोतका अनुसार पौड्यालको नाउँमा रहेको जग्गा पनि घिमिरेकै हो ।
घिमिरेले सवै आफ्नो देखाउन नमिल्ने भन्दै कन्टिनेन्टल ट्रेडिङका सञ्चालक पौड्यालको नाउँमा बिक्रि गरेको देखाएको श्रोतले बतायो ।
सासु ईन्दुको नाउमा ३ रोपनीसहित ललिता निवासमा घिमिरेको अझै १३ रोपनी जग्गा
ललिता निवास परिसरमा व्यापारी सुहृदराज घिमिरेसंग अझै १३ रोपनी सरकारी जग्गा रहेको देखिएको छ । चलनचल्तीको मूल्यअनुसार अहिले उक्त जग्गाको मुल्य १ अर्व ६६ करोड ४० करोड पर्दछ । जसमध्धे घिमिरेले कित्ता नं.७२, ७३, ७६, १९, २१, १०५, १०७, १०९ र १११ गरी ३ रोपनी क्षेत्रफल भएको ९ कित्ता जग्गा सासुआमा ईन्दु शर्माकै नाउँमा राखेका छन् ।
यी सवै गर १३ रोपनी जग्गा व्यापारी सुहृदराज घिमिरेकै भएको श्रोतले बताएको छ । अहिलेपनि घिमिरेले सासुआमा ईन्दु शर्मा, व्यापारिक साझेदार तथा कन्टिनेन्टल ट्रेडिङका सञ्चालक पुरुषोतम पौड्याल, श्रीमती रेखा शर्मा घिमिरे र आमा कमला घिमिरेको नाममा राखेको देखिन्छ । तर आफुमाथी कर छली र अकुत सम्पती आर्जनको उजुरी परेपछी भने घिमिरेले आफ्नी आमा कमलाको नाउँमा रहेको जग्गाभने बेचबिखन र सट्टाभर्ना गरेको देखिन्छ ।
अहिले सरकारले छानविन गरिरहेको ललिता निवास परिसरको भागको बाहिरी भागमा भने अझैपनि श्रीमती रेखाकै नाममा जग्गा जमिन रहेको देखिन्छ । घिमिरेको सासुआमा ईन्दु पहिले भक्तपुरकी स्थाई बासिन्दा हुन् । अहिले भने उनी मण्डिखाटारमा बस्ने गरेकी छन् ।
स्रोतका अनुसार ललिता निवासको फाइल खोलेपछि घिमिरे पनि प्रहरीको खोजी सूचीमा छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पती शुद्धिकरणमा आफ्ना विरुद्ध उजुरी परेपछि घिमिरेले आमा कमला र श्रीमति रेखा शर्माको नाममा जग्गाको कारोबार गर्दै आएका छन् । नेपालमा करछली गरेर कमाएको सम्पती विदेशी बैंक तथा कम्पनीमा लगानी गरेको खुसाला भइसकेको छ ।
कन्टिनेन्टल ट्रेडिङका मालिक घिमिरेले किया मोटर र इसुजु मोटरको आधिकारिक विक्रेता हुन् । त्यस्तै, ओटिस कम्पनीको इलेभेटर र स्कालेटरलगात दर्जनौं कम्पनीमा घिमिरेको लगानी रहेको छ ।
नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसहित उच्च राजनीतिक नेतृत्वसँग पहुँच बनाएका घिमिरे ठूला ठूला सेटिङ गर्दै आएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar