काठमाडौं– आज देशभरको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ । अहिले पूर्वका कोशी र मधेस प्रदेशका केहि ठाउँमा पानी परिरहेको छ ।
कोशी, बाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एकदुई ठाउँमा आज दिउँसो मेघगर्जन र चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अरु केहि पहाडी क्षेत्रमा पनि हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
काठमाडौं उपत्यकामा पनि दिउँसो क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् शान्ती कंडेलले बताइन् । उनका अनुसार लगातार वर्षा र झरीको सम्भावना छैन । नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar