काठमाडौं– सप्तरीमा धारिलो हतियार प्रहार गरि एक युवकको हत्या गरिएको छ ।
आज बिहान साढे ६ बजे हनुमाननगर कंकालिनी नगरपालिका १० इनरूवाका २१ वर्षीय तिरिकनारायण मण्डल मृत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका– ७ मनसापुरस्थित भित्री सडक किनाराको नहरमा मण्डल मृत फेला परेका हुन् । शवको प्रकृति हेर्दा उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको अनुमान गरिएको छ ।
हत्या भएका मण्डलका साथी हनुमाननगर कंकालिनी– ११ का अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् ।
घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar