काठमाडौं– कालिकोटको पलाँता गाउँपालिका–२ सैनमा बिहीवार बेलुका मिनीट्रक दुर्घटना हुँदा घाइते भएकामध्ये पाँच जनालाई कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई आज हेलिकप्टरमार्फत सुर्खेत लगिएको हो । यस्तै समान्य घाइते भएका तीन जनालाई गाडीमार्फत सुर्खेत लगिएको छ ।
पलाता–९ थिर्पूबाट धौलागोहको राडुनेटातर्फ बालुवा लिएर जाँदै गरेको कर्णाली प्रदेश ००१ क ०१६२ नम्बरको मिनीट्रक सैनको उकालोको मोडमा दुर्घटना भएको थियो ।
जिल्ला प्रहरी प्रमुख जयश्वर रिमालका अनुसार दुर्घटनामा घाइते हुनेमा धेरैजसो महिला र बालबालिका रहेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar