काठमाडौं– बलात्कार गरेको आरोपमा मध्य पहाडी लोकमार्ग आयोजनाको आयोजना निर्देशकलाई प्रहरीले पक्राउ गरेको छ ।
इन्जिनियर हरि कुमार पोखरेललाई त्रिपुरेश्वरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका डिएसपी अनिल अधिकारीले बताए ।
घरमा काम गर्ने किशोरीलाई पोखरेलले बलात्कार गरेको आरोप छ । किशोरीले कालीमाटी स्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन् ।
त्रिपुरेश्वर स्थित ब्लुक्रस अस्पतालबाट पक्राउ गरेर इन्जिनियर पोखरेलमाथि अनुसन्धान शुरु गरिएको डिएसपी अधिकारीले बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar