काठमाडौं– सेती नदीमा डुबेर एक बालक बेपत्ता भएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका–३ तेलपारे बगरका पाँच वर्षीय सुशान्त साउद सेतीमा डुबेर बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
हिजो बिहीवार नदी नजिकै खेल्ने क्रममा उनी डुबेका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लक्ष्मी जोशीले जानकारी दिए ।
उनीसँगै डुबेका अर्का चार वर्षीय मिलन साउदको भने स्थानीयवासीले उद्धार गरेका छन् । उद्धार गरिएका मिलनको डडेल्धुरामा उपचार भइरहेको छ ।
नदीमा बेपत्ता भएका सुशान्तको खोजीका लागि आफन्त, नेपाल प्रहरी र सशस्त्र प्रहरी जुटेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar