धनगढी – कृषिजन्य बस्तुमा परनिर्भता बढ्दै गएको छ । ठूलो परिमाणमा आयात हुने कैलाली भन्सार कार्यालय धनगढीबाट निर्यात भने न्युन रहेको छ । कैलाली भन्सार कार्यालयबाट गत आव २०७९–८० मा ४५ करोड ५६ लाख २७ हजार मुल्यको आलुमात्रै भारतबाट आयात गरिएको छ ।
त्यस्तै प्याज २१ करोड ७७ लाख १४ हजार,टमाटर १ करोड ५७ लाख ३१ हजार र लसुन ५ लाख ३८ हजार रुपैयाको आयात भएको कैलाली भन्सार कार्यालयका सूचना अधिकारी पवित्रकुमार खड्काले जानकारी दिए । त्यस्तै गत आवमा ३३ करोड ९३ लाख २९ हजारको बीउ बाहेक मकै, २३ करोड ५२ लाख ९७ हजारको चामल, २६ करोड ९२ लाख १६ हजारको तोरीको दाना, ८ करोड ५४ लाख ६३ हजारको दाल आयात भएको कैलाली भन्सार कार्यालयले जनाएको छ ।
त्यस्तै १० करोड ५० लाख ४६ हजारको गहुँ,१५ लाख ३५ हजारको मटर,१५ लाख ११ हजारको अन्य तरकारी आयात भएको कैलाली भन्सार कार्यालयको तथ्यांक छ । त्यस्तै फलफूल पनि ठूलो परिमाणमा कैलाली भन्सार हुँदै आयात भएको छ ।
फलफूलमा १४ करोड ९९ लाख ३४ हजारको अंगुर,८ करोड ८६ लाख ३६ हजारको स्याउ,७ करोड ३२ लाख ३८ हजारबो अनार,४ करोड २० लाख १७ हजारको केरा,३ करोड १६ लाख ४२ हजारको सुन्तला र १ करोड १९ लाख ७३ हजारको नरिवल आयात भएको सूचना अधिकारी खड्काले जानकारी दिए ।
त्यस्तै गत आवमा पेट्रोलियम पदार्थ बढी आयात भएको छ । ९ अर्ब ५२ करोड ५३ लाख ३८ हजारको डिजेल, २ अर्ब ६७ करोड १३ लाख ४७ हजारको पेट्रोल, एक अर्ब ६७ करोड २१ लाख ८८ हजारको खाना पकाउने ग्यास र ३६ करोड २५ लाख ३१ हजारको हवाई इन्धन आयात भएको कैलाली भन्सार कार्यायले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar