• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ जेष्ठ ११, आईतबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

१६ घण्टा अघि
२

किम्फ चलचित्र महोत्सव जेठमा

१६ घण्टा अघि
३

अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने

१६ घण्टा अघि
४

नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी

१ दिन अघि
५

सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति

१ दिन अघि
६

ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

१ दिन अघि
७

शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग

१ दिन अघि
८

भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा

१ दिन अघि
९

‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

१ दिन अघि
१०

पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड

१ दिन अघि
११

परराष्ट्रमन्त्री आरजु राणा र जाइकाका अध्यक्षबीच भेटवार्ता

१ दिन अघि
१२

देउवाको भनाइ भनी फैलाइएका भ्रामक समाचारप्रति काँग्रेसको खण्डन

१ दिन अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    ३ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    ३ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    ३ हफ्ता अघि
  • rajendra sir photo ४

    आपसी असमझदारीले सङ्गठनलाई सफल हुन दिँदैन : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • deuba and janardan ५

    शेरबहादुर देउवा र जनार्दन शर्मा बीच भेटवार्ता : के-के भयो कुराकानी ? 

    १ हफ्ता अघि
  • oli with us ldr ६

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    ३ हफ्ता अघि
  • gagan dai ७

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    ३ हफ्ता अघि
  • hariharpur gadhi ८

    आगलागी पीडित परिवारलाई राहत सामग्री वितरण

    १ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ९

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    ३ हफ्ता अघि
  • anema sangh १०

    एकीकृत समाजवादी निकट अनेमसंघको सातौँ राष्ट्रिय सम्मेलन भोलिदेखि

    १ हफ्ता अघि
  • काठमाडौंमा जनघनत्व र जनसंख्या सबैभन्दा बढी

    न्युज डेस्कप्रकाशित मिति: २०८० श्रावण ११, बिहिबार (१ साल अघि)
  • ३५२ पाठक संख्या
  • kathmandu photo copy

    काठमाडौं – राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको राष्ट्रिय जनगणना २०७८ को प्रतिवेदनअनुसार संघीय राजधानी काठमाडौं सबैभन्दा धेरै जनसंख्या र जनघनत्व भएको जिल्ला हो । देशका अरू जिल्लाको तुलनामा काठमाडौंमा सबैभन्दा धेरै २० लाख ४१ हजार ५ सय ८७ जनसंख्या रहेको छ । सबैभन्दा कम जनसंख्या भएको जिल्ला भने मनाङ हो । मनाङको जनसंख्या ५ हजार ६ सय ५८ जना छ ।

    राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको जनघनत्व प्रतिवर्ग किलोमिटर १ सय ९८ जना छ । १० वर्षअघि अर्थात् २०६८ सालको जनगणनामा जनघनत्व प्रतिवर्ग किलोमिटर १ सय ८० जना थियो । अहिले तराई क्षेत्रमा प्रतिवर्ग किलोमिटर ४ सय ६० र हिमाली क्षेत्रमा प्रतिवर्ग किलोमिटर ३४ जना जनघनत्व रहेको छ ।

    जिल्लागत रूपमा भने सबैभन्दा धेरै जनघनत्व काठमाडौंमा रहेको छ । काठमाडौंमा प्रतिवर्ग किलोमिटर ५ हजार १ सय ६९ जना रहेका छन् । सबैभन्दा कम जनघनत्व मनाङमा छ । मनाङमा प्रतिवर्ग किलोमिटर तीन जना मात्रै जनघनत्व रहेको छ । काठमाडौंको जनसंख्या हेर्दा १० लाख ३५ हजार ७ सय २६ जना पुरुष र १० लाख ५ हजार ८ सय ६१ जना महिला रहेका छन् । काठमाडौंमा प्रतिघरधुरी औसत जनसंख्या ३ दशमलव ७५ जना छ । यहाँको जनसंख्यामा सबैभन्दा धेरै २० देखि २४ वर्ष उमेर समूहका व्यक्तिको संख्या २ लाख २६ हजार ६ सय ६० जना छ ।

    जुन काठमाडौं जिल्लाको कुल जनसंख्याको ११ दशमलव १० प्रतिशत बराबर हो । त्यस्तै, २५ वर्षदेखि २९ वर्ष उमेर समूहको जनसंख्या २ लाख १५ हजार १ सय २० जना छ । यो जिल्लामा ९० वर्ष माथिका ९ सय ८० जना छन् । काठमाडौं जिल्लामा मात्र ५ लाख ४२ हजार ८ सय ९२ परिवार बसोबास गर्छन् । जसमध्ये ३ लाख ६२ हजार १ सय ४७ परिवारको मूली पुरुष र १ लाख ८२ हजार ७ सय २० परिवारको घरमूली महिला रहेका छन् ।

    काठमाडौंमा कुल विवाहितको संख्या १७ लाख ८८ हजार ६२ जना छ । जसमध्ये विवाहित पुरुषको संख्या ८ लाख ९८ हजार ३ सय ५२ र विवाहित महिलाको संख्या ८ लाख ८९ हजार ७ सय १० जना रहेको छ । यहाँ ४६ हजार ९६ विधवा र ९ हजार ७ सय ५५ विदुर रहेका छन् । १ हजार ३ सय ३८ जना पुरुष र २ हजार ८ सय ४४ जना महिलाले पारपाचुके गरेर बसेको तथ्यांकमा उल्लेख छ ।

    यो जिल्लामा पाँच वर्षभन्दामाथि उमेरका ५२ हजार ९ सय ५२ जना पुरुष र १ लाख ४४ हजार ३ सय ९५ जना महिला गरी कुल १ लाख ९७ हजार ३ सय ४७ जनाले लेख्न र पढ्न सक्दैनन् । १ लाख ४९ हजार ८ सय ६ जना पुरुष र १ लाख ३४ हजार ५६ जना महिलाले प्राथमिक तहको मात्रै शिक्षा लिएका छन् ।

    खाना पकाउनका लागि काठमाडौंका १० हजार २ सय ७५ परिवारले अहिले पनि दाउरा प्रयोग गर्ने गरेको देखिएको छ । त्यस्तै, ५ लाख २६ हजार ९ सय ३१ परिवारले खाना पकाउने ग्यास, ४ हजार ६ सय ९४ परिवारले बिजुली, ५ सय ६१ परिवारले बायो ग्यास, १ सय ५७ परिवारले मट्टितेल र २ सय ७४ परिवारले अन्य स्रोत प्रयोग गर्छन् । काठमाडौंका ५ सय ७५ परिवारले शौचालय सुविधा पाउन सकेका छैनन् भने १ हजार ३ सय ५ परिवारले सार्वजनिक शौचालय प्रयोग गर्छन् । काठमाडौं जिल्लामा १० वर्ष उमेर समूहभन्दा माथिका ३ लाख ४९ हजार २ सय ७४ जना पुरुष र ५ लाख ३ हजार २ सय ८१ जना महिला गरी ८ लाख ५२ हजार ५ सय ५५ जना कुनै पनि आर्थिक कार्यमा नजोडिएको राष्ट्रिय जनगणनाको तथ्यांकले उल्लेख गरेको छ ।

    पछिल्लो एक वर्षमा कुनै पनि आर्थिक आर्जनको क्रियाकलापमा नजोडिएका व्यक्तिमध्ये ३ लाख ७६ हजार ९ सय ५४ जना विद्यार्थी, १ लाख ९८ हजार ६ सय ३० जना घरायसी काममा लागेका व्यक्ति, ६३ हजार १ सय ३ जना वृद्ध तथा १६ हजार ११ जना शारीरिक रूपमा अशक्त छन् । ५ लाख १२ हजार ४ सय २७ जना जागिरमा रहेको, ३२ हजार ३ सय ८८ जनाले अरूलाई जागिर दिइरहेको, २ लाख ८२ हजार ५ सय ५२ जनाले आफ्नो व्यवसाय सञ्चालन गरिरहेको र १ लाख ८ हजार १३ जनाले पारिपारिक व्यवसायमा सघाइरहेको उल्लेख गरिएको छ ।

    १८ वर्षभन्दा मुनिका बालबालिकाको संख्या ५ लाख ८ हजार ३ सय ९९ जना रहेकोमा आमाबुबा दुवै अभिभावकसँग बस्नेको संख्या ४ लाख २ हजार १ सय ७४, आमासँग मात्रै बस्नेको संख्या ५५ हजार ३ सय ६९, बुबासँग मात्रै बस्नेको संख्या ७ हजार २ सय, बुबा र सौतेनी आमासँग बस्नेको संख्या ८ सय ७७, आमा र सौतेनी बुबासँग बस्नेको संख्या २ सय २८, अन्य नातेदारसँग बस्नेको संख्या २८ हजार ३ सय ४३ र रोजगारदाताले पालनपोषण गरिरहेकाको संख्या ९ सय ७१ जना रहेको छ ।

    काठमाडौंमा २ लाख ५८ हजार १ सय ३८ आवासीय प्रयोजनका, २४ हजार ४ सय ७६ वटा व्यावसायिक तथा व्यापारिक प्रयोजनका, ३ हजार १ सय ७५ वटा सरकारी, ३ हजार १ सय २५ वटा शैक्षिक, ६ सय ६७ वटा स्वास्थ्य क्षेत्रका, ३ हजार ८ सय ९२ वटा उद्योग क्षेत्रका, ६ सय ६४ वटा बैंक तथा वित्तीय क्षेत्रका, ३ हजार २४ वटा होटल तथा लज, ४ हजार २ सय ७६ वटा भण्डारण तथा गोदाम रहेका भवन रहेका छन् ।

  • subhayug
  • काठमाडौं
  • राष्ट्रिय जनगणना
  • राष्ट्रिय जनगणना २०७८
  • राष्ट्रिय तथ्यांक कार्यालय
  • संघीय राजधानी
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव

  • किम्फ चलचित्र महोत्सव जेठमा

  • अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने

  • नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी


  • समाचार
  • १

    नैतिकताको आधारमा राजीनामा दिन गृहमन्त्रीलाई शेखर कोइरालाको सुझाव
    १६ घण्टा अघि

  • २

    किम्फ चलचित्र महोत्सव जेठमा
    १६ घण्टा अघि

  • ३

    अब व्यवसाय दर्ता गर्दा शुल्क नलाग्ने
    १६ घण्टा अघि

  • ४

    नेपाल बैंकका गार्डको बन्दुकसहितका सामाग्री चोरी
    १ दिन अघि

  • ५

    सडकमा मकै सुकाउन सर्वदलीय सहमतिसहित अनुमति
    १ दिन अघि

  • ६

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द
    १ दिन अघि

  • ७

    शवदाहगृह निर्माणका लागि सिटिजन्स बैंकद्वारा सहयोग
    १ दिन अघि

  • ८

    भिजिट भिसा प्रकरणमा संलग्न ९ कर्मचारीको सरुवा
    १ दिन अघि

  • ९

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन
    १ दिन अघि

  • १०

    पूर्वाधार निर्माणमा माओवादीको उच्च प्राथमिकता छ : प्रचण्ड
    १ दिन अघि

  • सुभयुग प्रभाव सबै
    harihar sibir
    ५ दिन अघि

    सिन्धुलीको हरिहरपुरगढीमा एकीकृत घुम्ती शिविर सुरु

    सामाजिक सञ्जालबाट
    १

    ट्रम्प प्रशासनद्वारा हार्वर्डको विदेशी विद्यार्थी भर्ना अधिकार रद्द

    subhayug
    २

    ‘द कपिल शर्मा शो’ का चर्चित फोटोग्राफर दास दादाको निधन

    subhayug
    ३

    अमेरिकी कलाकार जर्ज वेन्ड्टको निधन

    subhayug
    ४

    दक्षिण अफ्रिकालाई ट्रम्पको चेतावनीपूर्ण आरोप

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    [email protected]

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Kushma Regmi 9849854534

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution