काठमाडौं– कपिलवस्तुमा स्रोत नखुलेको भारतीय रुपियाँ र नेपाली रुपियाँसहित एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कपिलवस्तु नगरपालिकाको आन्दोलन चोकस्थित रामदेव बर्माको घरबाट ४८ वर्षीय सुनिलकुमार गुप्तालाई ४८ लाख रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हो ।
बर्माको घरमा कोठा भाडा लिइ अवैध रुपमा भारतीय रुपैयाँको कारोबार गरिरहेको सूचनाको आधारमा गुप्तालाई पक्राउ गरिएको कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले बताए ।
गुप्ताले कोठामा लुकाई छिपाई राखेको (स्रोत नखुलेको) २४ लाख १३ हजार २५५ नेपाली रुपैयाँ र १४ लाख ९४ हजार ९२० भारतीय रुपियाँ गरी ४८ लाख पाँच हाजर १२७ रुपैया बरामद गरिएको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar