काठमाडौं– लघुवित्त पीडितहरुले संसद भवन नयाँ बानेश्वरमा आज विरोध प्रदर्शन गरेका छन् । उनीहरू प्रदर्शन गर्दै नयाँ बानेश्वर पुगेर संसद भवन घेराउ गर्न लागेका थिए ।
उनीहरूले नव सामन्तीको रुपमा स्थापित लघु वित्तीय संस्थाहरू खारेज गर, सामूहिक ऋण मिनाहा गर, आम गरिब किसानहरूलाई निःशुल्क ऋण प्रदान गर, जनवादी अर्थतन्त्रको विकास गर लगायतका नारा लगाएका थिए ।
प्रदर्शनकारी संसद भवन तर्फ अगाडि बढ्न खोजेपछि प्रहरीले ब्यारिकेड लगाएर रोकेको थियो । त्यसक्रममा प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको थियो ।
घेरा तोडेर संसद भवनको गेटमा पुगेका केही पीडितहरूलाई भने प्रहरीले पक्राउ गरेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar