२०८१ बैशाख ३१, सोमबार
काठमाडौं– बारामा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
सिम्रौनगढ नगरपालिका–६ की २३ वर्षीया यास्मिन खातुनको हत्या आरोपमा उनका २६ वर्षीय श्रीमान मोहमद अमानुल्लाहलाई प्रहरीले पक्राउ गरेको हो ।
मोहमद भारत विहार पूर्वी चम्पारण ग्राम पञ्चायत पकडी–१४ थाना ढाकाका हुन् । माइतीघर बस्दै आएकी यास्मिनलाई उनले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
उनलाई ईलाका प्रहरी कार्यालय सिमरौनगढबाट खटिएको टोलीले आज बिहान पक्राउ गरेको हो । यास्मिनको हत्या गरेपछि स्थानीयले मोहमदमाथि कुटपिट गरेका थिए ।
प्रहरीको निगरानीमा उनको जिल्ला अस्पताल कलैयामा उपचार भइरहेको छ । यस घटनामा थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar