२०८१ बैशाख ३०, आईतबार
काठमाडौं– एमाले अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओलीले संसदीय दलको बैठक बोलाएका छन् । आज बस्ने प्रतिनिधिसभा बैठकअघि ओलीले संसदीय दलको बैठक बोलाएका हुन् ।
आजको प्रतिनिधिसभा बैठकमा सुन तस्करी प्रकरणबारे पार्टीको प्रस्तुति के हुन्छ भन्ने विषयमा छलफलका लागि बैठक बस्न लागिएको एमाले प्रमुख सचेतक पदम गिरीले बताए ।
प्रतिनिधिसभाको बैठक १ बजेलाई बोलाइएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले कम्बोडियाबाट फर्केलगत्तै एयरपोर्ट भन्सारबाट पास भएर राजश्व अनुसन्धान विभागले समातेको झण्डै एक क्विन्टल सुनबारे गृहमन्त्रीको जवाफ माग्ने बताएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar