२०८१ बैशाख ३१, सोमबार
काठमाडौं– सर्लाहीमा राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृतको मोटरसाइकल दुर्घटनामा मृत्यु भएको छ ।
मंगलबार राति ईश्वरपुर नगरपालिका– ९ खोरिया टोल नजिकैको पुल नजिकै दुर्घटनामा परेर २९ वर्षीय अनुसन्धान अधिकृत वसन्त साहको निधन भएको हो ।
ड्युटी सकेर मलङ्गवाबाट घर फर्कँदै गरेको अवस्थामा साह सवार प्रदेश २–०१६प ००७१ नम्बरको मोटरसाइकल दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डीएसपी दीपेन्द्र पंजियार थारुले जानकारी दिए ।
घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको डीएसपी थारुले जनाए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar