एजेन्सी– मेजर लिग सकरमा लियोनेल मेस्सीको दुई गोलको मद्दतले इन्टर मियामीले एटलान्टा युनाइटेडमाथि शानदार जीत हासिल गरेको छ । बुधबार भएको खेलमा मियामी ४–० गोलअन्तरले विजयी बनेको हो ।
मेस्सीले खेलको आठौँ मिनेटमा नै टोलीलाई अग्रता दिलाएका थिए । २२ औँ मिनेटमा उनले अग्रता दोब्बर बनाए । पहिलो हाफको अन्त्यतिर रोबर्ट टेलरले गोल गर्दै टोलीको अग्रता फराकिलो बनाए । दोस्रो हाफको सुरुवातमा टेलरले अर्को गोल थप्दै टोलीको जित सुनिश्चित गरे ।
खेलको अन्त्यतिर क्रिस्टोफर म्याकभेले रातोकार्ड पाएपछि मियामी १० खेलाडीमा सीमित बनेको थियो । मेस्सीले यसअघि आफ्नो डेब्यू खेलमा पनि गोल गरेका थिए । खेलको इन्जुरी समयमा गोल गर्दै उनले टोलीलाई क्रुज एजुलविरुद्ध २–१ को जीत दिलाएका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar