२०८१ बैशाख ३१, सोमबार
काठमाडौं– कांग्रेस केन्द्रीय समितिको बैठकमा उठेका प्रश्नको आज सभापति शेरबहादुर देउवाले जवाफ दिने भएका छन् ।
गएको साउन दुई गतेदेखि शुरु भएको बैठकमा अब सभापति शेरबहादुर देउवाले मात्र बोल्न बाँकी छ । पार्टीको आन्तरिक र राष्ट्रिय महत्वका मुद्दामा अरु नेताहरुले आ–आफ्ना धारणा राखिसकेका छन् ।
आज पार्टी सभापति देउवाले सम्बोधन गरेपछि बैठक समापन गर्ने तयारी छ । अस्ति सोमबार बसेको बैठक आज दिउँसो चार बजेसम्मका लागि सारिएको थियो ।
महामन्त्री गगन थापाले प्रस्तुत गरेको विधान कार्यान्वयन र एक वर्षे कार्ययोजना तथा अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेका विभिन्न १० एजेण्डालाई समेटेर बैठकका निर्णय सार्वजनिक गर्ने तयारी छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar