काठमाडौं– फिफा महिला विश्व कप फुटबल २०२३ मा कोलम्बियाले दक्षिण कोरियालाई हराएको छ ।
आज अस्ट्रेलियाको अलिनाज स्टेडियममा भएको खेलमा कोलम्बियाले दक्षिण कोरियालाई २–० गोलले हरायो ।
कोलम्बियाका लागि क्याटालिना उस्मेले खेलको ३० औँ र लिन्डा केसेडाले ३९ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै समूह ’एच’ मा रहेको कोलम्बियाले ३ अङ्क जोडेको छ ।
यस्तै आजै न्युजिल्यान्डको वेलिङ्टन रिजनल स्टेडियममा भएको खेलमा फिलिपिन्सले घरेलु टोली न्युजिल्यान्डलाई १–० गोलले हराएको छ ।
फिलिपिन्सका लागि सरिना बोल्डेनले खेलको २४ औँ मिनेटमा गोल गरिन् । यो जितसँगै समूह ’ए’ मा रहेको फिलिपिन्सले ३ अङ्क जोडेको छ । यस्तै अहिले पौने २ बजे समूह ’ए’ का स्विट्जरल्यान्ड र नर्वे खेल्दैछन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar