काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । निवास धुम्बाराहीमा मंगलबार अपराह्न ४ बजे पदाधिकारी बैठक बस्ने तय भएको हो ।
मुख्यसचिव कृष्णप्रसाद पौडेलले धुम्बाराहीमा पदाधिकारी बैठक बस्ने जानकारी दिए । गत साउन २ गतेदेखि केन्द्रीय समिति बैठक चलेको थियो । बुधबार अपराह्न ४ बजे केन्द्रीय समिति बैठक बस्दैछ ।
सभापति देउवाले केन्द्रीय समिति बैठक स्थगित गरी पदाधिकारी बैठक बोलाएका हुन् । बुधबारको केन्द्रीय समितिमा सभापति देउवाले जवाफ दिने कार्यक्रम छ ।
कांग्रेसले नीति अधिवेशन मिति तोक्नेजस्ता विभिन्न १० एजेन्डामाथि केन्द्रीय समितिमा छलफल गरिसकेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar