काठमाडौं– बागलुङको इलाका प्रहरी कार्यालय भिमगिठेका इन्चार्ज वरिष्ठ नायव निरीक्षक (वरिष्ठ सइ) उज्वल पौडेल मृत फेला परेका छन् ।
बडिगाड गाउँपालिका–६ स्थित आशा होटलको तल्लो तलामा पासो लगाएको अवस्थामा पौडेल मृत फेला परेका हुन् ।
वरिष्ठ सई पौडेल बडिगाड गाउँपालिका–६ मा रहेको आशा होटल एण्ड खाजा घरमा मृत भेटिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गएराति करिब १ बजेको समयमा उनी मृत भेटिएका हुन् ।
अहिले घटनास्थल प्रहरीले सिल गरेको छ । खाजा घरका सञ्चालक आशा कुँवर र उनका छोरालाई नियन्त्रणमा लिइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar