काठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेश सरकार गठनको वैधानिकता सम्बन्धि मुद्दा पूर्ण इजलासमा पठाउन आदेश गरेको छ ।
न्यायाधीश सुष्मालता माथेमा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले पूर्ण इजलासमा पठाउने आदेश गरेको हो । आइतबारदेखि अन्तिम सुनुवाइ हुने भनिएकोमा आइतबार न्यायाधीश कुमार रेग्मीले मुद्दा हेर्न अस्वीकार गर्दा सुनुवाइ हुन सकेको थिएन ।
न्यायाधीश रेग्मीले मुद्दाको रीट दायरकर्ता पूर्व मुख्यमन्त्री हिक्मत कार्कीसँग विद्यालयमासँगै पढेको भन्दै मुद्दा हेर्न अस्वीकार गरेका थिए ।
कोशी प्रदेशका सभामुख बाबुराम गौतमले सरकार गठनका लागि चाहिने बहुमतका लागि हस्ताक्षर गरेका कारण कोशी सरकारविरुद्ध मुद्दा परेको छ भने सर्वोच्चले कुनै पनि दीर्घकालिन प्रभावका निर्णय नगर्न अन्तरिम आदेश दिएको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar