काठमाडौं– सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले सरकारले भ्रष्टाचार काण्डका दोषीहरुलाई निर्ममतापूर्वक कारबाही गर्नुपर्ने बताएका छन् ।
आज काठमाडौंमा आयोजित ‘समाजवादी यात्राको चुनौती ः भ्रष्टाचार र दण्डहिनता’ विषयक प्रवचन गोष्ठीमा बोल्दै उनले नक्कली भुटानी शरणार्थी र सुन तस्करी प्रकरणमा संलग्न भ्रष्टहरुलाई कडा कारबाही गर्न सरकारलाई सचेत गराए ।
अव जन्मिने, जन्मिन सक्ने, जन्मिने लाईनमा रहेका भ्रष्टहरुको अहिलेनै भ्रुण तुहिनेगरी सरकारले भ्रष्टहरुमाथि कारबाही गर्नुपर्ने महासचिव भुसालको भनाइ थियो । उनले मुलुकबाट भ्रष्टाचार पूर्ण रुपमा नियन्त्रण गर्न हरेक पार्टी भित्रैबाट भ्रष्टाचारविरोधी अभियान सुरु गर्नुपर्ने बताए ।
उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ जस्ता एक व्यक्तिले मात्रै भ्रष्टाचार नियन्त्रण गर्न नसक्ने भएकाले पार्टी भित्रैबाट त्यस विरुद्ध अभियान छेडनुपर्ने बताए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar