२०८१ बैशाख ३१, सोमबार
काठमाडौं– देशका विभिन्न स्थानमा डुबेर तीन जनाको मृत्यु भएको छ ।
महोत्तरीको रामगोपालपुर नगरपालिका–१ लक्ष्मीपुर बस्ने १५ वर्षीय प्रेम कुमार मण्डलको सोही ठाउँस्थित जंगा नदीको तलाउमा डुबेर आइतबार दिउँसो मृत्यु भएको छ ।
नुहाउने क्रममा डुबेर अशक्त भएका उनको उपचारको लागि सिटिजन अस्पताल रामगोपालपुरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
उता मोरङको सुन्दरहरैंचा नगरपालिका–९ मुस्लिम टोलस्थित इनारमा डुबेर बेलबारी नगरपालिका–७ बस्ने २५ वर्षीय बौका कुमालको आइतबार दिउँसो मृत्यु भएको छ । इनार सफा गर्ने क्रममा डुबेर अशक्त भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै चितवनको कालिका नगरपालिका–८ न्यूरेनी बस्ने ४५ वर्षीया देवु आले मगरको सोही ठाउँस्थित कुलोमा डुबेर आइतबार साँझ मृत्यु भएको छ ।
नुहाउने क्रममा कुलोमा डुबेर अशक्त भएकी उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar