२०८१ बैशाख ३०, आईतबार
काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज सभापति र महामन्त्रीहरुले जवाफ दिने कार्यक्रम रहेको छ ।
आज दिउँसो ३ बजेदेखि सुरू हुने बैठकमा सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले केन्द्रीय सदस्यहरूले राखेको धारणामा जवाफ दिनेछन् ।
गत असार २ गतेदेखि जारी बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले १० एजेन्डा र अर्का महामन्त्री गगन थापाले वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए ।
ती विषयमा आइतबारसम्म केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरिसकेका छन् । केन्द्रीय सदस्यहरूको धारणा तथा सुझावको आज सभापति र महामन्त्रीहरूले जवाफ दिएपछि बैठकमा बोल्ने क्रम सकिनेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar