२०८१ बैशाख ३१, सोमबार
काठमाडौं– एक दर्जनभन्दा बढी व्यक्तिलाई लाइसेन्स बनाइदिने तथा ट्रायल पास गराइदिने भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–१३ बस्ने ३० वर्षीय राजु परियार र काठमाडौं महानगरपालिका–१४ बस्ने ३६ वर्षीय ब्रम्हा रिसाल रहेका छन् ।
परियारले आफू यातायात व्यवस्था कार्यालय एकान्तकुनाको कर्मचारी रहेको बताउँदै पीडितहरुलाई लाइसेन्स बनाइदिने, ट्रायल पास गराइदिने, प्रदूषण जाँचपास गराइदिने लगायतका कार्यहरु गरिदिन्छु भन्दै सुन र नगद गरी ४ लाख ३० हजार रुपैयाँ बराबरको रकम ठगी गरेको प्रहरीको भनाई छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले परियारलाई लुभुबाट पक्राउ गरेको थियो । त्यस्तै, ठगी गरेको सुन खरिद गर्ने कृष्ण ज्वेलर्स एन्ड सन्सका सञ्चालक रिसाललाई कालिमाटीबाट ढिक्का सुनसहित पक्राउ गरेको थियो ।
दुवैलाई ठगी सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर जावलाखेल पठाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar