२०८१ बैशाख ३१, सोमबार
काठमाडौं– डेङ्गीका बिरामी दिनप्रतिदिन बढ्दो छ । पछिल्लो दुई हप्तामा झण्डै तीन हजार बिरामी थपिएका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले गएको असार २५ गते सार्वजनिक गरेको तथ्याङ्क अनुसार डेङ्गी सङ्क्रमितको सङ्ख्या एक हजारको हाराहारीमा थियो । अहिले यो सङ्ख्या बढेर चार हजार पुगेको छ ।
सुनसरीमा मात्रै दुई हजार पाँच सय बिरामी थपिएका महाशाखाले जनाएको छ । महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क स्वास्थ्य संस्थामा आएका बिरामीको मात्र हो । स्वास्थ्य संस्था नआउने तथा सम्पर्कमा नआएका बिरामी अझै हुन सक्ने महाशाखाले जनाएको छ ।
धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, विजयपुर अस्पताल लगायतका सुनसरीका स्वास्थ्य संस्थामा डेङ्गीका बिरामीको चाप छ । महाशाखाका अनुसार सुनसरीमा दुई हजार पाँच सय, धादिङमा २५८, दार्चुलामा १८८, कास्कीमा १४९, सङ्खुवासभामा ५८, काठमाडौंमा ४६ जना, कञ्चनपुरमा ३९ जना, भक्तपुरमा ३५, म्याग्दीमा ३५ र झापामा ३२ जना सङ्क्रमित भएका छन् ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासिनीले डेङ्गी फैलिँदै गएकाले सावधानी अपनाउन आग्रह गरेका छन्। साउन महिनासँगै भदौ र असोजमा डेङ्गीको सङ्क्रमण अझै बढ्न सक्ने अनुमान छ । डेङ्गी लामखुट्टेबाट सर्ने रोग हो ।
पानी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस प्रजातिको लामखुट्टेले फुल पार्छ । ती फुलबाट लार्भा निस्कन्छ र त्यही लार्भा वयस्क भएर टोकेपछि डेङ्गी लाग्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar