एजेन्सी– चीनमा एक स्कुलको जिमखानाको छत खस्दा ११ जनाको मृत्यु भएको छ । चीनको सरकारी मिडियाले यसबारे जानकारी दिएको हो ।
घटना चीनको उत्तरी–पूर्वी इलाकामा वर्षाका कारण यो घटना भएको हो । अधिकारीका अनुसार दुर्घटनाका बेला १९ जना भित्र थिए ।
प्रत्यक्षदर्शीका अनुसार मृत्यु हुनेमा बालबालिका पनि समावेश छन् । यद्यपि, यसबारे औपचारिक रूपमा केही जानकारी आइसकेको छैन ।
प्रहरीले उक्त भवनका इन्चार्जलाई हिरासतमा लिएको छ । अधिकारीका अनुसार दुर्घटना हुँदा चार जना भने घटनास्थलबाट बाहिर निस्कन सफल भए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Resham Tamang 9841266912
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar