काठमाडौं– रुपन्देहीको मायादेवी गाउँपालिका–४ सेमरीस्थित सुर्जमती नाउँको घरबाट चोरी गरेको सामानसहित दुई जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही घरमा डेरा गरी बस्ने भारत बनारस घर भई जगदम्बा बोरा कम्पनीमा काम गर्ने २२ वर्षीय शिबम केशरी र उनकै श्रीमती १९ वर्षीया सोनी केशरी रहेका छन् ।
उनीहरूले सुर्जमती नाउँको कोठाबाट सुन तथा चाँदीका गर–गहना चोरी गरी भाग्ने क्रममा घरधनीले थाहा पाई खबर गर्नासाथ इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
उनीहरूको साथबाट करिब २ लाख ५० हजार रुपैयाँ बराबरको गर–गहना फेला पारेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar