काठमाडौं– ललिता निवास जग्गा हिनामिना प्रकरणमा थप एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा नापी विभागका तत्कालीन अमिन अरुणकुमार श्रेष्ठ रहेका प्रहरीले जनाएको छ । श्रेष्ठलाई उनकै निवास जोरपाटीबाट आज बिहान पक्राउ गरिएको हो । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
ललिता निवास जग्गा हिनामिनामा श्रेष्ठको नाम पनि जोडिएको थियो । उनी अमिन भएका बेला ललिता निवासको जग्गा नापजाँच गरेका थिए । ललिता निवास जग्गा प्रकरणमा यस अघि १९ जना पक्राउ परिसकेका छन् ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar