काठमाडौं– कोशी प्रदेश सरकार गठनको वैधानिकताबारे सर्वोच्च अदालतमा आजदेखि अन्तिम सुनुवाई सुरु हुने भएको छ ।
मूख्यमन्त्री नियुक्तिका लागि आवश्यक बहुमत देखाउन सभामुखको समेत समर्थन लिएका कारण कोशी सरकारको वैधानिकतामाथि प्रश्न उठेको हो ।
पूर्व मूख्यमन्त्री हिक्मत कार्कीले हालेको रीटमा गत असार २७ गते न्यायाधीश सपना प्रधान मल्लको इजलासले कोशी प्रदेश सरकारलाई दीर्घकालिन प्रभावका काम गर्न रोक लगाउँदै साउन ७ गतेदेखि अन्तिम सुनुवाई गर्न आदेश दिएको थियो ।
इजलाशको आदेश अनुसार प्रदेश प्रमुख, मुख्यमन्त्री र सभामुखले लिखित जवाफ पेश गरिसकेकाले आजदेखि अन्तिम सुनुवाई सुरु हुने छ ।
संघीय सरकारमा रहेका गठबन्धन दलहरुले कोशी प्रदेशको एमाले सरकार ढाल्ने क्रममा सभामुख बाबुराम गौतम सहितको हस्ताक्षर देखाएर कांग्रेसका उद्धव थापालाई मुख्यमन्त्री बनाएका थिए ।
सिद्धलेक ४, आरुवासटार, धादिङ
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Director/Owner :
Bishwash Aryal 9851220820
Editor-in-Chief :
Bibek Aryal 9841065149
Editor :
Kushma Regmi 9849854534
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar